झापामा एड्स संक्रमित घट्दै

0
Shares

भद्रपुर, २८ भदौ । झापामा पछिल्लो समयमा एचआइभी(एड्स) संक्रमितकै कारण मृत्यु हुनेको संख्या घट्दै गएको पाइएको छ ।

तीन वर्षमा १६ संक्रमितको मृत्यु भएको झापामा आव २०७३/७४ असार मसान्तसम्मको एक वर्षमा तीन संक्रमितको मात्र मृत्यु भएको नाइट चेस क्लब अफ भद्रपुरले जनाएको छ ।

मेची अञ्चल अस्पताललगायत विभिन्न अस्पतालमा प्राप्त सुविधायुक्त प्रविधि र उचित उपचार सेवाकै कारण संक्रमितबाट मृत्यु हुनेको संख्या घट्दै जान लागेको क्लबका परियोजना प्रमुख गोविन्द पौड्यालले जानकारी दिए ।

खुला सिमानाको फाइदा उठाउँदै भारतका विभिन्न स्थानमा जाने र नेपाल फर्किने गर्दा संक्रमित झापामा बढ्ने गरे पनि पछिल्लो समयमा भने सो संख्या घट्दै गएको पौडेलको भनाइ छ ।

असुरक्षित यौन संसर्गकर्ता र लागुऔषध दुव्र्यसनी तथा मादक पदार्थको सेवनकर्ताकै कारण महिलाभन्दा पुरुषमा सो संख्या बढ्ने गरेको क्लबका कार्यक्रम संयोजक सोमराज ढकालले जानकारी दिए ।

विसं २०७४ साउन मसान्तसम्मको एक आवमा क्लबले ५१० संक्रमितलाई ७४६ पटक सेवा प्रवाह गरेको छ । पछिल्लो ११ महिनामा ३९ पुरुष र ३५ महिलासमेत संक्रमित पत्ता लगाई आवश्यक उपचार सेवा प्रदान गरिएको क्लबका भद्रपुर इञ्चार्ज अशोक चौधरीको भनाइ छ ।

क्लबले ११ महिनाका अवधिमा एक हजार ९६४ थान कण्डम वितरण गरेको र संक्रमित ६५ जनालाई चिकित्सा सेवा दिएको चौधरीले जानकारी दिए । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *