स्वास्थ्य मन्त्रालय र मातहतका निकायमा आज विदा छैन

3.0k
Shares

काठमाडौँ, २२ भदौ । स्वास्थ्य मन्त्रालय र त्यसअन्तरर्गतका निकायमा काम गर्ने कुनै कर्मचारीलाई आज विदा नभएको स्वास्थ्य मन्त्रालयले स्पष्ट पारेको छ ।

निजामती सेवा दिवसको अवसरमा अरु मन्त्रालय र त्यसअन्तरगर्तका निकायमा काम गर्ने कर्मचारीलाई भने आज विदा छ । सोही अनुसार स्वास्थ्यमा कार्यरत निजामती कर्मचारीले समेत आज विदा हुने अपेक्षा गरेका थिए ।

‘आज स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग र यी अन्तरर्गतका कुनै पनि निकायमा निजामती कर्मचारीलाई समेत विदा छैन । पूर्ववत रुपमै कार्यालय खुल्ला रहनेछ । अलमल हुनु आवश्यक छैन,’ मन्त्रालयका उपसचिव बाबुराम खनालले बताए ।

स्वास्थ्यमा कार्यरत निजामती कर्मचारीहरुले दिवसको अवसरमा विदा हो कि होइन भन्दै सामाजिक सञ्जालमा आफ्ना जिज्ञासाहरु राखिरहेका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *