नयाँ स्वास्थ्य नीतिका बारेमा उच्चस्तरीय समिति र दातृ निकायका प्रतिनिधिबीच छलफल

1.8k
Shares

काठमाडौँ, २१ भदौ । नयाँ स्वास्थ्य नीति बनाउन गठित उच्चस्तरीय समितिले आफ्नो काममा तिब्रता दिएको छ । समितिले आज दिउसो दातृ निकायका प्रतिनिधीसंग उच्चस्तरीय छलफल गरेको छ ।

दिउसो ४ बजेबाट शुरु भएको छलफलमा स्वास्थ्य नीतिमा समेटने विषय, समितिले गठन गरेको कार्यदल र दातृ निकायले गर्ने सहयोगमा केन्द्रीत थियो ।

उच्चस्तरीय समितिका सदस्य सचिव रहेकी निमित्त सचिव डा पुष्पा चौधरीले दातृ निकायसंग नयाँ बनाउन लागिएको स्वास्थ्य नीतिका बारेमा जानकारी तथा सुझाव लिएको बताइन । आजको छलफलमा विश्व स्वास्थ्य संगठन डव्लुएचओ, युनिसेफ लगायतका दातृ निकायका प्रतिनिधीहरुको सहभागिता थियो ।

स्वास्थ्यका विषयलाई संघीयतामा लैजान तथा संविधानमा उल्लेखित विषयलाई नीतिगत रुपमै समाविष्ट गर्न गत ५ भदौमा बसेको मन्त्रिपरिषदको बैठकले स्वास्थ्य मन्त्री गिरिराजमणी पोखरेलको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरेको थियो ।

समितिको कार्यकारी निर्देशक पूर्व राजदूत डा महेश मास्के छन भने सदस्य सचिव स्वास्थ्य मन्त्रालयको सचिव हुने व्यवस्था मिलाइएको छ । समितिको पहिलो बैठक हिजो बसेको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *