स्वास्थ्य मन्त्री पोखरेल आज ‘डिस्चार्ज’ हुँदै

0
Shares

काठमाडौँ, १८ भदौ । स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेल ८ दिन लामो अस्पताल बसाई पछि आज डिस्चार्ज हुँदैछन् ।

निमोनिया तथा अन्य मौसमी रोगका कारण गम्भिर अस्वस्थ भएका मन्त्री पोखरेल बीर अस्पतालमा भर्ना भएका थिए ।

‘उहाँको स्वास्थ्यमा सुधार आयो । त्यसकारण आज दिउसो १ बजे डिस्चार्ज गर्ने कार्यक्रम छ,’ अस्पतालका निर्देशक डा. भुपेन्द्रकुमार बस्नेतले भने ।

मन्त्री पोखरेल गत ११ भदौमा बीर अस्पतालको भिआईपी कक्षमा भर्ना भएका थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *