रसुवामा भाइरल नियन्त्रणका लागि स्वास्थ्यकर्मी परिचालित

0
Shares

रसुवा, १७ भदौ । गत हप्तादेखि नौकुण्ड गाउँपालिकाको उत्तरी भेकमा फैलिएको भाइरल ज्वरो नियन्त्रणका लागि स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ ।

नौकुण्ड गाउँपालिकाका अध्यक्ष नुर्पुसाङ्बो घलेका अनुसार वडा नंं १ अन्तर्गतका लाङ्बु, थाङ्दोर, सिंमबन्दीलगायत क्षेत्रमा रुघाखोकी र भाइरल ज्वरोको प्रकोप फैलिएर एक हजारभन्दा बढी स्थानीयवासी प्रभावित भएपछि पारिया स्वाथ्यचौकीबाट औषधिसहित छ जनाको स्वाथ्यकर्मीको टोली उक्त गाउँ पठाइएको जिल्ला अस्पतालका मेडिकल अधिकृत डा कमल पोखरेलले जानकारी दिए।

पूरै गाउँ भाइरलले प्रभावित भएको तर स्वास्थ्य केन्द्रको औषधिले नपुगेपछि गाउँपालिकाले आफैँ रु एक लाखको औषधि खरिद गरी स्वाथ्यकर्मीको टोलीलाई उपलब्ध गराएको अध्यक्ष घलेले जानकारी दिए । जिल्ला स्वास्थ्य कार्यालय र विश्व स्वास्थ्य संगठनको टोलीले भाइरलको प्रकोपबाट पीडितको रगत परीक्षणका लागि काठमाडोँ पठाएको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *