राष्ट्रिय स्वास्थ्यकर्मी संघ रसुवाद्धारा बाढी पीडितका लागि आर्थिक सहयोग
काठमाडौँ, १५ भदौ । राष्ट्रिय स्वास्थ्य कर्मीसंघ रसुवाले प्रधानमन्त्री दैबीप्रकोप उद्धार कोषका लागि १७ हजार २ सय रुपैयाँ सहयोग गरेको छ । नेपाल बैक लिमिटेड धुन्चे शाखामा रहेको प्रधानमन्त्री दैबीप्रकोप उद्धार कोषको खाता नं ००२००१००५१००३९०००००१ मा रकम जम्मा गरी त्यसको भौचर प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेल मार्फत प्रधानमन्त्री दैबीप्रकोप उद्धार कोषमा पठाएको छ ।
देशका विभिन्न भागमा बाढी तथा पहिरोबाट प्रभावित जनतालाई राहत सहयोग पुरयाउन संघले देशभर रहेका सदस्य तथा समितिलाई आवहान गरे अनुरुप जिल्ला समिति रसुवाले सो रकम उपलव्ध गराएको हो ।
समितिले रकमका लागि जिल्लाका स्वास्थ्यकर्मीहरुसंग सहयोग मागेको थियो ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



