पाल्पाको बीरकोटमा पौने तीन करोडको स्वास्थ्य चौकी भवन

468
Shares

पाल्पा, १४ भदौ । पाल्पा पूर्वखोला गाउँपालिका बिरकोटमा स्वास्थ्य चौकी भवन निर्माण भएको छ ।

नेपाल सरकार स्वास्थ्य मन्त्रालयको रु दुई करोड आठ लाख ७७ हजार ५५० को लागतमा निर्माण भएको सो स्वास्थ्य चौकी दुईतले २० कोठा भएको स्वास्थ्य चौकीका प्रमुख मोहन ढकालले जानकारी दिए ।

यस स्वास्थ्य चौकीबाट प्रसूति सहितको विभिन्न सेवासुविधा उपलब्ध हुने उनले बताए ।

पूर्वखोला गाउँपालिकासहित रामपुर नगरपालिका–९ र १० का बासिन्दालाई प्रत्यक्ष सेवा पुग्ने उक्त स्वास्थ्य चौकीमा हाल एक अहेब, दुई अनमी र दुईजना स्वास्थ्यकर्मी कार्यरत छन् । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *