वडाध्यक्षद्वारा २५ बिरामीलाई झुल वितरण

0
Shares

बाजुरा, १२ भदौ । पछिल्लो समय मौसम परिवर्तन भएसँगै जिल्ला अस्पतालका बिरामीलाई वडाध्यक्षको पहलमा झुल गरिएको छ ।

बडिमालिका नगरपालिका–८ का वडाध्यक्ष प्रकाशबहादुर रावलको पहलमा जिल्ला जनस्वास्थ्य अधिकृत रमेश कुँवरले २५ जना बिरामीलाई झुल प्रदान गरेका हुन् । अस्पतालमा लामखुट्टेको टोकाइबाट एक महिनामा २६ जना औलोका र नौजना मलेरियाका बिरामी भर्ना भएका थिए ।

उपचारका लागि भर्ना भएका अन्य रोगका बिरामीलाई राति सुत्ने बेला लामखुट्टेले थप बिरामी पार्ने भएकाले आफ्नै पहलमा झुल उपलब्ध गराइएको गरेको वडाध्यक्ष रावलले बताए ।

पछिल्लो समय तापक्रम वृद्धिले यस जिल्लामा समेत लामखुट्टेको प्रकोप बढिरहेकाले हामीले बिरामीका लागि झुलको व्यवस्थापन गरेका हौँ, नगर प्रमुख पदम बडुवालले भने ।

जिल्लास्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत कुँवरका अनुसार तापक्रम बढेसँगै लामखुट्टेको संख्या वृद्धि भएको र जिल्लाका बडिमालिका नगरपालिका, बूढीनन्दालगायतका कम उचाइमा रहेका स्थानीय तहमा पछिल्लो समय औलोका बिरामी देखा परेका थिए । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *