अत्याधुनिक सेवा सुविधासहितको आँखा अस्पताल सञ्चालित

0
Shares

कैलाली, ११ भदौ । धनगढीमा झण्डै रु दुई करोडको लगानीमा अत्याधुनिक सेवा सुविधासहितको धनगढी नेत्रालय (आँखा अस्पताल) शनिबारदेखि सञ्चालनमा आएको छ ।

पच्चीस श्ययाबाट सुरुआत गरिएको उक्त अस्पतालमा मोतीविन्दु, जलविन्दु, मासु बढेकोलगायत आँखासम्बन्धी सम्पूर्ण रोगको उपचार तथा शल्यक्रिया गरिने सो अस्पतालका प्रबन्ध निर्देशक गजेन्द्रबहादुर चन्दले जानकारी दिए। गेटा आँखा अस्पतालका पूर्वनिर्देशक विद्या पन्त, धर्मानन्द अवस्थी र गजेन्द्रबहादुर चन्दको संयुक्त लगानीमा आँखा अस्पताल सञ्चालन गरिएको जनाइएको छ ।

पूर्वनिर्देशक पन्तका ९८ वर्षीय बुबा चूडामणिको आँखा परीक्षण गरेर अस्पतालले सेवा प्रारम्भ गरेको हो । उद्घाटनको दिन १० आँखा रोगीको निःशुल्क उपचार गरिएको अस्पतालले जनाएको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *