एमाले अध्यक्ष ओली उपचारका लागि थाइल्याण्ड जाँदै

88
Shares

काठमाडौँ, ८ भदौ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नियमित स्वास्थ्य उपचार गराउनका लागि शुक्रबार थाइल्याण्ड जाने भएका छन् ।

थाइ एयरवेजको विमानबाट शुक्रबार दिउँसो १ बजे ओली नियमित स्वास्थ्य उपचारका लागि थाइल्याण्डस्थित बैंकक जान लागेको स्वकीय सचिव अनिश दाहालले जानकारी दिए ।

अध्यक्ष ओलीका साथ उनकी धर्मपत्नी राधिका शाक्य पनि त्यसतर्फ जानेछिन । उपचार पछि यही भदौं १४ गते ओली स्वदेश फर्कने कार्यक्रम रहेको स्वकीय सचिव दाहालले बताए ।

नियमित स्वास्थ्य उपचारका लागि ओली हरेक ६÷६ महिनामा बैंकक जाने गरेका छन् । तर यसपटक अलि छिटो त्यसतर्फ लागेका हुन् । यसअघि उनी जेठमा स्वास्थ्य परीक्षणका लागि लागि बैंकक गएका थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *