शतक रक्तदाता कर्माचार्यलाई सम्मान

काठमाडौ ४ भदौ । नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष तथा स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यलाई सम्मान गरिएको छ ।
बराह ज्वेलर्स प्रालिको २३ औ वार्षिकोत्सबको अबसरमा आयोजित कार्यक्रममा काठमाडौं महानगरपालिकाका उप प्रमुख हरिप्रभा श्रेष्ठ खड्गीले दाेसल्ला ओढाएर सम्मान गरेकी हुन् ।
बराह ज्वलर्स इण्डष्ट्रिजका प्रबन्ध निर्देशक बिकास लामिछानेको सभापतित्वमा सप्पन्न उक्त कार्यक्रमको सन्चालन राष्ट्रिय संयाेजन अनुप शाहीले गरेका थिए ।
सो अबसरमा धरान र काठमाडौमा गरि एकसाथ जम्मा १११४ जना स्वयंसेवी रक्तदाताहरूले रक्तदान गरेका थिए ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



