सुत्केरी व्यथाले छट्पटाएकी गर्भवती महिला चडेको गाडी बाढीमा परयो, ६ जनाको मृत्यु

रौतहट २९ साउन । सुत्केरीका लागि अस्पताल लैजाँदै गरेकी एक गर्भवती महिला सहित ६ जनाको मृत्यु भएको छ । परोहा गाँउपालिका ३ लौकाहाका चन्दन यादवकी गर्भवती श्रीमती सर्मिला यावदसवार गाडीलाई बाढीले बगाएपछि उनीसहित ६ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा चन्दन यादवकी आमा सुमित्रा देबी, भाउजु ललिता देबी, भतिज सरोज यादव, छोरी छोटु कुमारी रहेका छन् ।
विहान तीन बजे तिर घटेको यो दुर्घटनामा चालक र एक जना भने पौडेर बाच्न सफल भएको स्थानीय आरजु आलमले बताए ।
चार दिन देखि परेको अविरल वर्षाका कारण आएको बाढीले रौतहट पूर्ण रुपमा डुबानमा परेको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



