सुत्केरी व्यथाले छट्पटाएकी गर्भवती महिला चडेको गाडी बाढीमा परयो, ६ जनाको मृत्यु

रौतहट २९ साउन । सुत्केरीका लागि अस्पताल लैजाँदै गरेकी एक गर्भवती महिला सहित ६ जनाको मृत्यु भएको छ । परोहा गाँउपालिका ३ लौकाहाका चन्दन यादवकी  गर्भवती श्रीमती सर्मिला यावदसवार गाडीलाई बाढीले बगाएपछि उनीसहित ६ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा चन्दन यादवकी आमा सुमित्रा देबी, भाउजु ललिता देबी, भतिज सरोज यादव, छोरी छोटु कुमारी रहेका छन् ।

विहान तीन बजे तिर घटेको यो दुर्घटनामा चालक र एक जना भने पौडेर बाच्न सफल भएको स्थानीय आरजु आलमले बताए ।

चार दिन देखि परेको अविरल वर्षाका कारण आएको बाढीले रौतहट पूर्ण रुपमा डुबानमा परेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *