नर्सिङ लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक, ४३ प्रतिशत उत्तीर्ण

1.6k
Shares

काठमाडौँ, २५ असार । नेपाल नर्सिङ काउन्सिलले शनिबार लिएको १६ औँ नाम दर्ता(लाइसेन्स) परीक्षामा ४३.४५ प्रतिशत उत्तिर्ण भएका छन् । जुन अघिल्ला नतिजाका तुलनामा अत्यन्तै कम हो ।

लाइसेन्स लिनका लागि नर्सिङ विषय उत्तीर्ण गरेका कुल १८११ जनाले फारम भरेका थिए । तर परीक्षामा भने भने १८०४ जनामात्रै सहभागी थिए । त्यसमध्ये ७८४ जना उत्तीर्ण भएका हुन् ।

काउन्सिलका अध्यक्ष प्राध्यापक चन्द्रकला शर्माले यसपटक अघिल्ला परीक्षाका तुलनामा कम उत्तीर्ण भएको बताइन । उनले अघिल्ला परीक्षामा अनुतीर्ण भएर परीक्षा दोहोरयाउनेको संख्या धेरै भएकोले फेल प्रतिशत समेत बढेको हुनसक्ने संकेत गरिन । यसपटकको परीक्षामा अघिल्लो पटक अनुतीर्ण भएका करीब ८ सय सहभागी भएका थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *