पत्रकार सहारा उपचार कोषलाई सहयोग
झापा, २ असार । नेपाल पत्रकार महासङ्घ झापा शाखाले स्थापना गरेको ‘पत्रकार सहारा उपचार कोष’का लागि शिखर बचत तथा ऋण सहकारी संस्था लिमिटेड विर्तामोडले रु ३१ हजार एक सय सहयोग गरेको छ ।
उक्त सहकारीका अध्यक्ष दीपेन्द्र राउतले महासङ्घ झापा शाखाका उपाध्यक्ष एवम् पत्रकार सहारा उपचार कोषका संयोजक एकराज गिरी र सहसचिव केशव भट्टराईलाई सो रकम आज हस्तान्तरण गरे ।
पत्रकारको उपचारमा सहयोग गर्ने उद्देश्यले स्थापना गरेको उक्त कोषमा रु एक करोड रकम जम्मा गर्ने लक्ष्य रहेको संयोजक गिरीले बताए । कोषका लागि विभिन्न दाताबाट सहयोग जुट्ने क्रम जारिरहेको र हालसम्म रु २५ लाख सङ्कलन भएको उनले बताए। रासस
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



