कान्ति अस्पतालको कार्यकारी निर्देशक डा. गणेश राई
काठमाडौँ, २२ जेठ । कान्ति बाल अस्पतालको कार्यकारी निर्देशकमा डा . गणेश राई नियुक्त भएका छन् ।
आइतबारको स्वास्थ्य मन्त्रीस्तरीय निर्णयबाट बरिष्ठ बालरोग विशेषज्ञ डा राईलाई सो जिम्मेबारी दिइएको हो । डाक्टर राईले आजै अस्पताल पुगेर पदवहाली गरिसकेका छन् ।
यसअघिका निर्देशक डा अजित रायमाझी गत साउन ६ गते निर्देशकमा नियुक्त भएका थिए । डा राईको नियुक्तीसंगै डा रायमाझीको निर्देशकको भूमिका १० महिनामा नै टुंगिएको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



