औषधि आयातमा रोक लगाउने निर्णय पुर्नबिचार गर्न ध्यानाकर्षण

1.6k
Shares

काठमाडौँ, ८ जेठ । केही औषधिको आयातमा रोक लगाउने निर्णयमा पुर्नबिचार गर्न आन्दोलनरत औषधि व्यावसायीहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबार स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङलाई ज्ञापनपत्र बुझाई सरकारको ध्यानाकर्ष गराएका हुन् ।

त्यसरी ध्यानाकर्षण गराउनेहरुमा नेपाल औषधि आयातकर्ता संघ, नेपाल औषधि तथा विक्री प्रतिनिधी संघ, नेपाल औषधिगत बिक्री प्रवन्धक संघ, नेपाल खाद्य, आयुर्वेदिक न्युट्रास्युटिकल्स तथा कस्मास्युटिकल समाज, नेपाल भेटेनरी औषधि आयातकर्ता संघ र नेपाल पशुपंक्षी औषधि व्यवसायी संघ रहेका छन् ।

व्यावसायीहरुको ज्ञापनपत्र बुझेपछि स्वास्थ्य राज्यमन्त्री गुरुङले मागका विषयमा छलफल गरेर निर्णले लिने बताएका थिए । ‘उहाँले सचिव ज्युसंग छलफल गरेर मात्रै के गर्न सकिन्छ भन्ने बारेमा बताउँला भन्नुभयो,’ औषधि आयातकर्तासंघका महासचिव पवन आचार्यले भने ।

उनले आफूहरुको आन्दोलन स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने निर्णयको विरुद्धमा नभई आफूहरुको व्यावसायलाई निषेध गर्ने सरकारी निर्णयको विरुद्ध रहेको बताए । उनीहरुले विश्व व्यापार संगठनको पक्ष राष्ट्र भएको मुलुकले बाहिरका उत्पादन निषेध गर्नु नमिल्ने तर्क गरे ।
ज्ञापनपत्र बुझाउनु अघि बिजुलीबजारबाट छ वटै संस्थाका सयौँ प्रतिनिधीले प्लेकार्ट र व्यानर सहितको जुलुस निकालेका थिए ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *