‘दिगो विकासको लक्ष्य हासिल गर्ने दिशामा सरकार अघि बढेको छ’: मन्त्री थापा

0
Shares

काठमाडौँ, २९ चैत । स्वास्थ्य मन्त्री गगन थापाले बर्तमान सरकार दीगो विकास लक्ष्य हासिल गर्ने दिशामा अघि बढीरहेको बताएका छन् । उनले सरकारको सो लक्ष्यलाई साथ दिन सबै सरोकारवालासंग आग्रह गरेका छन् ।

स्वास्थ्य तथा जनसंख्या बैज्ञानिकहरुको तेस्रो शिखर सम्मेलनको उदघाटन गर्ने क्रममा मन्त्री थापाले सो कुरा बताएका हुन् ।

आफू मन्त्री भएर आइसकेपछि केही उल्लेखनीय कामहरु सुरु गरेको भन्दै थापाले  वाताबरणीय प्रदुशण, खानेपानी, सरसफाई, पोषण, मानसिक तथा नसर्ने रोग जस्ता कुराहरलाई ध्यान दिएको बताए ।

शहरी क्षेत्रमा बढी देखिने त्यस्ता समस्या नियन्त्रण गर्न हेल्थ प्रमोशन सेन्टर स्थापना गर्ने कार्य अघि बढाएको भन्दै यसले दिगो विकास लक्ष्यमा थप टेवा दिने बताए ।

मन्त्री थापाले लामो समय देखि प्रतिक्षामा रहेको स्वास्थ्य बीमा ऐन आजकै मन्त्रीपरिषदमा पेश हुने सम्भावना रहेको समेत जानकारी दिए ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषदको आयोजनामा हिजोबाट सुरु भएको शिखर सम्मेलनमा स्वदेश तथा विदेशका गरी करीव एक हजार जनाको उपस्थिति रहेको छ । सम्मेलन भोलीसम्म चल्नेछ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *