स्टाफ नर्स र चिकित्सक छनौट परीक्षा २५ चैत देखि
काठमाडौँ, १८ चैत । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले रिक्त चिकित्सक तथा नर्सको छनौट परीक्षा आगामी २५ चैतबाट सुरु गर्ने जनाएको छ ।
प्रतिष्ठानका अनुसार आगामी २५ चैतमा स्टाफ नर्सको प्रतिष्ठानको केन्द्रीय कार्यालय जुम्लामा लिखित परीक्षा तथा २७ चैतमा अन्तर्वार्ता हुने छ भने चिकित्सकको अन्तर्वार्ता आगामी ३१ चैतमा काठमाडौँमा हुनेछ ।
प्रतिष्ठानले विभिन्न रिक्तपदमा करार सेवामा पदपूर्ति गर्नुपर्ने भन्दै गत फागुन १४ र १६ गते सूचना प्रकाशित गरेको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



