चिकित्सक लाईसेन्स परीक्षा नतिजा : एमबीबीएसमा ६८ प्रतिशत, बीडीएसमा ८० प्रतिशत उत्तीर्ण

7.5k
Shares

काठमाडौँ, १२ चैत । नेपाल मेडिकल काउन्सिलले आज लिएको एमबीबीएस तथा बीडीएस तर्फको चिकित्सक दर्ता प्रमाणपत्र (लाईसेन्स) परीक्षाको नतिजा प्रकाशित गरेको छ ।

काउन्सिलका अनुसार आज सम्पन्न परीक्षामा एमबीबीएस तर्फ ६७.८९ प्रतिशत र बीडीएस तर्फ ८८.०८ प्रतिशत उत्तीर्ण भएका छन् ।
काउन्सिलका अनुसार यसपटक एमबीबीएस तर्फ १ हजार १४० जनाले फारम भरेका थिए । ती मध्ये ७७४ जना पास भए । ३६६ जना फेल भएका छन् । फारम भरेका मध्ये ९ जना भने परीक्षा दिन आएनन् ।

बीडीएस तर्फ कुल २८४ जनाले फारम भरेका थिए । ती मध्ये २५० जना पास भएका छन् । रजिष्ट्रार डा. दिलीप शर्माले  एमबीबीएस र बीडीएसको नतिजा निस्किएको र समग्रमा ७९.९ प्रतिशत पास भएको जानकारी दिए ।

परीक्षा आज विहान ९ देखि १२ बजेसम्म सानोभरयाङस्थित नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान कलेज अफ मेडिसिनको परीक्षा हलमा भएको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *