३२ जना डाक्टर र ३३ जना नर्स सहित ७६ जनालाई कान्ति बाल अस्पतालमा रोजगारीको अवसर
काठमाडौँ १५ फागुन । महाराजगञ्जस्थित कान्ति बाल अस्पतालले चिकित्सक नर्स सहित ७६ जनाका लागि रोजगारीको अवसर सिर्जना गरेको छ ।
करार सेवाबाट लिइने ती पदका लागि कन्सलटेन्ट पेडियाट्रिसियन नवौ तह ४ जना, पेडियाट्रिक सर्जन १, कन्सलटेन्ट एनेस्थेसियोलोजिष्ट, २ र मेडिकल अधिकृत २५ जना मागेको छ ।
त्यस्तै नर्सिङ अधिकृत ३, स्टाफनर्स ३० गरि ७६ जनाका लागि करार सेवामा पदपूर्ति गर्ने जनाएको छ । योग्यता पुगेका इच्छुक व्यक्तिले १५ दिन भित्र आवेदन गर्न भनिएको छ ।
हेरौँ सूचना

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



