३२ जना डाक्टर र ३३ जना नर्स सहित ७६ जनालाई कान्ति बाल अस्पतालमा रोजगारीको अवसर

काठमाडौँ १५ फागुन । महाराजगञ्जस्थित कान्ति बाल अस्पतालले चिकित्सक नर्स सहित ७६ जनाका लागि रोजगारीको अवसर सिर्जना गरेको छ ।

करार सेवाबाट लिइने ती पदका लागि कन्सलटेन्ट पेडियाट्रिसियन नवौ तह ४ जना, पेडियाट्रिक सर्जन १, कन्सलटेन्ट एनेस्थेसियोलोजिष्ट, २ र मेडिकल अधिकृत २५ जना मागेको छ ।

त्यस्तै नर्सिङ अधिकृत ३, स्टाफनर्स ३० गरि ७६ जनाका लागि करार सेवामा पदपूर्ति गर्ने जनाएको छ । योग्यता पुगेका इच्छुक व्यक्तिले १५ दिन भित्र आवेदन गर्न भनिएको छ ।
हेरौँ सूचना

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *