कंगोमा इबोलाबाट मृत्यु हुनेको संख्या ५ हजार ६७८ पुग्यो

36
Shares

काठमाडौँ, ६ मंसिर । प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआर कंगो) मा फैलिएको इबोला भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार ६७८ पुगेको छ ।

शनिबार सार्वजनिक गरिएको स्वास्थ्य अधिकारीहरूको तथ्यांकअनुसार कंगोमा हालसम्म ११ हजार ६१३ जनामा इबोला संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये ५ हजार ६७८ जनाको मृत्यु भएको छ । यससँगै संक्रमणबाट मृत्यु हुने दर ४८.९ प्रतिशत पुगेको छ ।

तथ्यांकअनुसार हालसम्म ३ हजार १४८ जना उपचारपछि निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

त्यस्तै, १ हजार ७४३ जना उपचार वा क्वारेन्टिनमा रहेका छन् । संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरूको पहिचान तथा निगरानी गर्ने दर ८२.६ प्रतिशत रहेको छ ।

गत मे १५ मा घोषणा गरिएको यो प्रकोप बुन्डिबुग्यो प्रजातिको इबोला भाइरसका कारण फैलिएको हो । यो डीआर कंगोमा अहिलेसम्म देखिएको सबैभन्दा ठूलो र घातक इबोला प्रकोप बनेको छ ।

विश्वव्यापी रूपमा हेर्दा सन् २०१४ देखि २०१६ सम्म पश्चिम अफ्रिकामा फैलिएको इबोला महामारीपछि यो दोस्रो ठूलो प्रकोप हो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *