ॐ हस्पिटलको अध्यक्षमा आए डा. हरिकिशोर श्रेष्ठ

अस्पतालको नयाँ बोर्ड डाइरेक्टरहरुमा को - को ?
0
Shares

काठमाडौँ, २६ कात्तिक । चाबहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिको सञ्चालक समितिको अध्यक्षमा डा. हरिकिशोर श्रेष्ठ चयन भएका छन् ।

गत शनिबार सम्पन्न अस्पतालको ३०औं बार्षिक साधारण सभाले डा. श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय नयाँ सञ्चालक समिति (बोर्ड डाइरेक्टर) सदस्य समेत चयन गरेको छ ।

बोर्ड डाइरेक्टरहरुमा निवर्तमान अध्यक्ष डा. आनन्द प्रसाद श्रेष्ठ, श्रीमती सरला रिजाल, प्राडा जागेश्वर गौतम, डा गिसुप निख प्रसिको, डा. रिता सिंह हमाल, डा. राजेशकिशोर श्रेष्ठ, बाबुकाजी कार्की, शरदकान्त अधिकारी, विजय मल्ल र हरि प्रसाद पाठक रहेका छन् ।

यसैबीच नव निर्वाचित अध्यक्ष तथा बोर्ड अफ डारेक्टरहरुले बिहीबार अस्पताल पुगेर पदभार ग्रहण गरेका छन् ।

पदभार ग्रहणपछि समारोहलाई सम्बोधन गर्दै नवनियुक्त अध्यक्ष डा. श्रेष्ठले आम नागरिकको विश्वासलाई कायम राख्दै अस्पतालको सेवालाई थप आधुनिक र विश्वस्तरीय बनाउने प्रतिबद्धता व्यक्त गरे ।

‘ॐ हस्पिटलले विगत लामो समयदेखि नेपाली स्वास्थ्य क्षेत्रमा विशिष्ट पहिचान बनाउँदै आएको छ । आगामी दिनमा आधुनिक प्रविधिको उच्चतम प्रयोग, दक्ष जनशक्तिको परिचालन र बिरामीमैत्री वातावरणमार्फत सर्वसुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्नु नै हाम्रो मुख्य प्राथमिकता हुनेछ । संस्थागत सुशासन र समाजप्रतिको उत्तरदायित्वलाई अझ मजबुत बनाउँदै हामी ॐ हस्पिटललाई नयाँ उचाइमा पुऱ्याउन प्रतिबद्ध छौं,’ अध्यक्ष डा। श्रेष्ठले भने ।

सोही समारोहमा निवर्तमान अध्यक्ष एवं नवनिर्वाचित कार्यसमिति सदस्य डा. आनन्द प्रसाद श्रेष्ठले नवनियुक्त अध्यक्ष डा. श्रेष्ठलगायत सम्पूर्ण नयाँ कार्यसमितिलाई सफल कार्यकालको हार्दिक बधाई तथा शुभकामना गरेका थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *