शुक्रराज अस्पतालमा टिटानस बिरुद्धको सुई नि:शुल्क

296
Shares

काठमाडौँ, ५ फागुन । टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले टिनानस रोग बिरुद्धको सुई टिटानस टक्साईड (टिटि सुई) निशुल्क उपलव्ध गराउन थालेको छ । आफै किनेर लगाउनुपर्दा यो सुईलाई प्रतिडोज ४० रुपैयाँ तिर्नु पर्दथ्यो ।

अस्पतालका निर्देशक डा रमेश खरेलले टिटि सुई लगाउनु पर्ने अवस्थाका विरामीले टेकु अस्पतालमा आएर निशुल्क लगाउन सक्ने बताए । उनले विरामीलाई थोरै भएपनि राहत होस भन्नका लागि सुई निशुल्क गरिएको जानकारी दिए ।

अस्पतालमा अहिले पनि कुकुरले टोकेको बेलामा दिइने सुई एन्टी रेविज भ्याक्सिन(एआरभी) निशुल्क उपलव्ध गराउदै आएको छ ।

डा खरेलले आपूर्ति व्यवस्था महाशाखाबाट आवश्यक पर्ने टिटि सुई ल्याएको र निशुल्क उपलव्ध गराउन थालेको जानकारी दिए ।

चार बेडको आईसीयु र फार्मेसी फागुन भित्र सञ्चालनमा आउने

शुक्रराज अस्पतालले चार बेडको आईसीयु र फार्मेसी यसै महिना भित्र सञ्चालनमा ल्याउने बताएको छ । अहिलेसम्म अस्पताललको आफ्नो फार्मेसी र आईसीयु छैन् ।

निर्देशक डा खरेलले आईसीयुको तयारी पुरा भएको भन्दै फागुन महिना भित्र सञ्चालनमा ल्याउने बताए । उनले फार्मेसीको लागि समेत तयारी अन्तिम चरणमा पुगेको भन्दै आईसीयुसंगै सञ्चालनमा आउने बताए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *