भक्तपुर अस्पतालमा न्यूरो शल्यक्रिया सेवा सफल, पहिलो बिरामी डिस्चार्ज भए

भक्तपुर, १९ असोज । एघार दिन अघि भक्तपुर अस्पतालमा पहिलो पटक गरिएको न्यूरो शल्यक्रिया सफल भएको छ । ब्रेन ह्यामरेजका कारण मस्तिष्कको दायाँ भागमा रगत जमेर देब्रे शरीर कमजोर भएका दोलखाका ८० वर्षीय बिरामी शल्यक्रिया पछि पूर्णरूपमा स्वस्थ भएर शनिबार घर फर्केका छन।
अस्पतालका निर्देशक डा. त्रिभुवन चन्द्र झाका अनुसार असोज ८ गते देखि भक्तपुर अस्पतालमा न्यूरो शल्यक्रिया सेवा सुरु गरिएको हो। त्यसक्रममा ब्रेन ह्यामरेज भए पछि गत ७ असोजमा अस्पताल भर्ना भएका ८० वर्षीय बिरामीको सफल शल्यक्रिया गरिएको हो ।
न्यूरो सर्जन डा. माणिककुमार लामा र एनेस्थेसिया विशेषज्ञ डा. दीपक लोहोला सहितको चिकित्सकीय टोलीले बिरामीको मस्तिष्कको दायाँ भागमा जमेको रगत शल्यक्रिया मार्फत निकालेको थियो ।
शल्यक्रिया पछि बिरामीको स्वास्थ्यमा सुधार आए पछि शुक्रबार अस्पतालबाट डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ।
पछिल्लो समय भक्तपुर अस्पतालमा जटिल रोगको उपचार सेवा विस्तार हुँदै गएको छ ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 


