काठमाडौँका स्वास्थ्य संस्थामा नि:शुल्क औषधि प्रयाप्त

0
Shares

काठमाडौँ, २७ माघ । जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौँले सरकारी स्वास्थ्य संस्थामा निशुल्क औषधि प्रयाप्त भएको जनाएको छ । जिल्लाका लागि आवश्यक परेका औषधिहरु खरीद गईसकेको भन्दै कार्यालयले औषधि प्रयाप्त भएको जनाएको हो ।

जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौँ अन्तर्गत ८ वटा प्राथमिक स्वास्थ्य केन्द्र, ५८ वटा स्वास्थ्य चौकी रहेका छन् । त्यसबाहेक ११ वटा सरकारी अस्पता, २३४ वटा खोप केन्द्र, २७ वटा शहरी स्वास्थ्य क्लिनिक समेत रहेका छन् ।

जनस्वास्थ्य कार्यालय प्रमुख महेन्द्रप्रसाद श्रेष्ठले जिल्लामा आवश्यक पर्ने औषधि खरीद भई वितरण समेत भईसकेको भन्दै कुनै पनि स्वास्थ्यकेन्द्रमा औषधि नभएको बताए ।

‘औषधि खरीदको लागि ७५ लाख बजेट भए पनि अहिलेसम्म २६ लाख टेण्डर परेको , ९ लाख बढीको औषधि खरीद भईसकेको भन्दै उनले आवश्यक पर्ने औषधि क्रमश आउने बताए । अहिले औषधि कतै अभाव छैन, कोही सोझै खरीद गरेका छौँ कोही छोटो टेन्डर मार्फत ल्याईदै छ,’ उनले भने ।

जनस्वास्थ्य प्रमुख श्रेष्ठले जिल्ला जनस्वास्थ्य अन्तर्गतका सबै स्वास्थ्य संस्थामा दरबन्दी पुरा भएको भन्दै काम गर्न अप्ठेरो नभएको बताए । उनले चालु आर्थिक बर्षमा ५ देखि १० स्थानमा हेल्थ प्रमोशन सेन्टर स्थापना गर्न लागिएको समेत जानकारी दिए । हेल्थ प्रमोशन सेन्टर महानगरपालिकासंगको सहकार्यमा सुरु गर्न लागिएको उनले जानकारी दिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *