आयुर्वेद अनुसन्धान केन्द्रको अध्यक्षमा डा. ऋषिराम कोइराला नियुक्त
काठमाडौँ, २९ पुस । सरकारले किर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र विकास समितिको अध्यक्षमा डा. ऋषिराम कोइरालालाई नियुक्त गरेको छ ।
अध्यक्षसहित सरकारले अन्य चार सदस्य पनि नियुक्त गरेको छ । नवनियुक्त अध्यक्ष र सदस्यहरुले आजै पदभार ग्रहण गरेका छन् ।
सरकारले पुस २५ गते डा. कोइरालासहित सदस्यहरुमा डा. सरिता श्रेष्ठ, डा. श्याममणि अधिकारी, डा. शंकर गौतम र डा. शंकर प्रसाद पौडेललाई नियुक्त गरेको थियो ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



