मध्य पूर्व द्वन्द्व चरम उत्कर्समा, अस्पताल तथा स्वास्थ्यकर्मी लक्षित आक्रमणमा वृद्वि : डब्ल्यूएचओ

जेनेभा, १७ वैशाख । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) पछिल्लो समयमा मध्य पूर्वको द्वन्द्व चरम उत्कर्समा पुगेको उल्लेख गर्दै विश्वव्यापीरूपमा चिकित्सा सुविधा र स्वास्थ्यकर्मी माथिको आक्रमण बढिरहेको बताएको छ ।

अमेरिका र इजरायलले फेब्रुअरीको अन्त्यमा इरानमा हवाई आक्रमण गर्नु अघि विश्वव्यापी स्वास्थ्य सेवा र स्वास्थ्यकर्मी लक्षित आक्रमणको औसत सङ्ख्या प्रति दिन ३.७ रहेको उल्लेख गर्दै हाल यो सङ्ख्या बढेर ४.३ पुगेको डब्ल्यूएचओले जनाइएको छ ।

डब्ल्यूएचओले मध्यपूर्वमा द्वन्द्व सुरु भएदेखि ५० वटा निजी अस्पताल तथा स्वास्थ्य केन्द्र बन्द गरिएको उल्लेख गर्दै १६ वटा अस्पतालमा क्षति पुगेको जनाएको छ ।

जुन सुकै अवस्थामा पनि सबै भन्दा बढी आवश्यक रहेको स्वास्थ्य सेवामा आक्रमण भइरहदा स्वास्थ्य सेवा प्रभाहको क्षमतामा नकरात्मक प्रभाव पारेको डब्लुएचओका आपतकालीन स्वास्थ्यसेवाका निर्देशक अल्ताफ मुसानीले बताउनु भएको छ ।

स्वास्थ्य सुविधामा भएका आक्रमणले गाजामा चिकित्सा सेवाको प्रावधानलाई पनि गम्भीररूपमा असर गरेको छ, जहाँ हाल एउटा मात्र अस्पताल पूर्णरूपमा सञ्चालनमा रहेको डब्ल्यूएचओले जनाएको छ ।

डब्लुएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेयससले बारम्बार यी आक्रमणको निन्दा गर्दै सम्बन्धित पक्षलाई जवाफदेही बन्न आह्वान गरेका छन् ।

उनले लेबनानको पछिल्लो अवस्थालाई प्रकाश पार्दै उनका स्वास्थ्य सुविधामा १४९ वटा आक्रमण भएको रेकर्ड गरिएको जनाए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *