‘स्वास्थ्य मन्त्रालयको दरबन्दीबारे जानकारी छैन’: मन्त्री थापा

0
Shares

काठमाडौँ, १९ पुस । स्वास्थ्यमन्त्री गगनकुमार थापाले आफ्नो मन्त्रालयअन्तर्गत कति दरबन्दी छ भन्ने जानकारी हालसम्म थाहा नभएको बताएका छन् ।

ग्रीनतारा नामक गैरसरकारी संस्थाद्वारा तयार पारिएको स्वास्थ्य प्रवद्र्धनसम्बन्धी प्रतिवेदन आज सार्वजनिक गर्ने कार्यक्रममा मन्त्री थापाले मन्त्रालयअन्तर्गत चिकित्सक, जनस्वास्थ्यकर्मी, अहेब, नर्स, प्यारामेडिसियन, प्रयोगशालामा काम गर्ने प्राविधिकलगायत प्राविधिक जनशक्ति एवम् अन्य जनशक्तिको दरबन्दी सङ्ख्या र ती दरबन्दीमा को कुन स्थानमा काम गर्छन् भन्ने अझसम्म जानकारी पाउन नसकिएको स्पष्ट गरे ।

उनले भने– “मैले मन्त्री पद सम्हालेको पाँच महिना पूरा भइसकेको छ । आजका मितिसम्म मैले मन्त्रालयअन्तर्गत कुन निकायमा कति दरबन्दी छ, ती दरबन्दीमा को को काम गरिरहेका छन् जानकारी पाएको छैन ।”

आफूले दुई महिना अगाडि सोलुखुम्बुको सोताङ प्राथमिक चौकीको निरीक्षण गर्न पुग्दा हाजिरकापीमा दुई चिकित्सकले हाजिरी गरेको देखिएको बताउँदै भने – “ती चिकित्सक(उहाँहरु) कहाँ हुनुहुन्छ भन्ने कुरा मैले जानकारी पाइन, मन्त्रालयमा बुझ्दा त एक जना तालिम शीर्षकमा तालिममा हुनुहुँदोरहेछ, एक जनाको हुनुहुँदोरहेछ अझै अत्तोपत्तो छैन ।”

आफूले सेवा नदिने तर पद ओगटेर बस्ने कर्मचारीलाई कि काम कि पद छाड्न विकल्प दिइएको जानकारी दिए । सो संस्थाले एक वर्षमा स्वास्थ्यकर्मीले ९६ दिन मात्र सेवा दिने गरेको पाइएको प्रतिवेदन सार्वजनिक गरेको थियो । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *