लुम्बिनी अञ्चल अस्पतालमा दुरबिनबाट पत्थरी निकाल्ने सेवा सुरु

रुपन्देही, १६ पुस । लुम्बिनी अञ्चल अस्पताल बुटबलमा दूरबिनबाट पत्थरी निकाल्ने पद्धति ल्यापरोसी सेवा शुक्रबारदेखि सुरु भएको छ ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विकास देकोटाले अस्पतालका शल्यचिकित्सकको टोलीले सेवा सुरु गरेको जानकारी दिए । बुटवल– १३ देवीनगरकी रीता नेपालीले उक्त सेवा लिएर उद्घाटन गरिएको अस्पतालले जनाएको छ ।
अञ्चल अस्पतालमा सुरु भएको सो सेवा शल्यक्रिया विशेषगरी स्त्रीरोगका लागि लाभदायक हुने छ । रासस
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



