भारतीय काँग्रेसकी वरिष्ठ नेतृ सोनिया गान्धी अस्पतालमा भर्ना

52
Shares

 

नयाँ दिल्ली । श्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि भारतीय काँग्रेसकी वरिष्ठ नेतृ सोनिया गान्धी अस्पताल भर्ना भएकी छन् । उनलाई मंगलबार राती नयाँ दिल्लीस्थित सर गंगा राम अस्पतालमा भर्ना गरिएको छ । चिकित्सकहरूले उनको स्वास्थ्य अवस्था हाल स्थिर रहेको बताएका छन्।

अस्पतालका अध्यक्ष डा. अजय स्वरूपका अनुसार गान्धीको अवस्था स्थिर छ र चिकित्सकहरूको टोलीले उनको स्वास्थ्य अवस्थालाई नजिकबाट निगरानीमा राखिरहेको छ।
चिकित्सकहरुले प्रारम्भिक परीक्षणबाट उनलाई ब्रोंकियल आज्माको समस्या बल्झिएको बताएका छन् । तर उनीहरुले पेट तथा मुत्र नलीमा संक्रमणको आशंकामा थप परीक्षण पनि गरिरहेका छन्। उपचारका क्रममा आवश्यक अनुसार एन्टिबायोटिक औषधि पनि दिइएको बताइएको छ।

अस्पतालले उनलाई केही समय अस्पतालमै राखेर थप निगरानी र उपचार गरिने जनाइएको छ।

गत वर्ष पनि उनी पेटसम्बन्धी समस्याका कारण अस्पताल भर्ना भएकी थिइन्।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *