पाँचौँ पटक जन्मिएको छोरी जब सुत्केरी आमाले बिक्री गर्न खोजिन्….

120
Shares
सांकेतिक तस्बिर : एआई

पञ्जाब (भारत) । पञ्जाबको लुधियानामा नवजात शिशु बिक्री गर्न खोजिएको घटनाका पाँच जना आरोपितलाई प्रहरीले पक्राउ गरेको छ। घटना सोमबारको हो ।

पाँचौँ छोरी जन्मिएपछि एक आमाले शिशुलाई २ लाख १० हजार भारतीय रुपैयाँमा सन्तान नभएको दम्पतीलाई बेच्न खोजेकी थिईन ।

लुधियाना प्रहरीका अनुसार सुनिता देवी नामक महिलाले फेब्रुअरी १३ मा एक निजी अस्पतालमा छोरीलाई जन्म दिएकी थिइन्। उनी पहिले नै चार छोरीकी आमा हुन् । उनले पछिल्लो पटक जन्मिएको पाँचौँ छोरीलाई पालनपोषण गर्न नचाहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सुनिताले आफ्नी साथी प्रवीणसँग यसबारे छलफल गरेकी थिइन्।

त्यसपछि अस्पतालमा कार्यरत एक नर्समार्फत सन्तान नभएकी महिलासँग सम्पर्क गराइएको थियो। मोगा निवासी मन्दीप कौर नामक महिलाले नवजात शिशु किन्न राजी भएकी थिईन् ।

नवजात शिशुलाई हस्तान्तरण गर्ने योजना गुरुद्वारा छैविन पातशाही नजिकैको पार्कमा बनाइएको थियो। तर, त्यहाँ उपस्थित एक स्थानीय व्यक्तिले उनीहरूको कुराकानी सुनेर प्रहरीलाई खबर गरेका थिए।

सूचना पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर शिशु हस्तान्तरण हुनुअघि नै आमालाई नियन्त्रणमा लिएको थियो।

यस प्रकरणमा सुनिता देवी (आमा), मन्दीप कौर (खरिदकर्ता), प्रवीण (साथी) , मनमीत कौर (बिएएमएस चिकित्सक) र रुचि पक्राउ परेका छन्। प्रहरीले अमृतसरकी एक सहयोगी कार्यकर्ता, एक निजी अस्पतालकी नर्स तथा अर्की एक सहयोगी फरार रहेको जनाएको छ।

प्रहरीले मानव बेचबिखन तथा अवैध दत्तक ग्रहणसम्बन्धी कानुनी प्रावधानअन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाएको छ।

  • एजेन्सी

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *