भारत सरकारले लगायो निमेसुलाइड पेनकिलर बिक्री वितरणमा प्रतिबन्ध

140
Shares

काठमाडौँ, १७ पुस । भारत सरकारले १०० एमजीभन्दा बढी मात्रा भएको दुखाइ कम गर्ने पेनकिलर औषधि निमेसुलाइडका सबै ओरल औषधिहरूको उत्पादन, बिक्री र वितरणमा प्रतिबन्ध लगाएको छ ।

बढी मात्राले मानव स्वास्थ्यमा जोखिम पुर्याउने भन्दै भारत सरकारले उक्त औषधिहरूको उत्पादन, बिक्री र वितरणमा प्रतिबन्ध लगाएको हो ।

सोमबार जारी गरिएको एक सूचनामा स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले १०० एमजीभन्दा बढी मात्रा भएको इमिडिएट–रिलिज स्वरूपमा निमेसुलाइड भएका सबै ओरल औषधिहरूको प्रयोगले मानव स्वास्थ्यमा जोखिम पुर्याउन सक्ने कुरामा आफू विश्वस्त रहेको बताएको छ ।

सरकारले उक्त औषधिको साटो सुरक्षित विकल्पहरू उपलब्ध रहेको कुरा पनि उल्लेख गरेको छ ।

ड्रग्स टेक्निकल एडभाइजरी बोर्डसँगको परामर्शपछि औषधि र सौन्दर्य प्रसाधन ऐन, १९४० को दफा २६ए अन्तर्गत यो प्रतिबन्ध तत्काल लागू हुने गरी लगाइएको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *