त्रिविको बीपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्रको कार्यकारी निर्देशक र आईओएमको सहायक डीनका लागि दरखास्त आव्हान

256
Shares

काठमाडौँ, १४ कात्तिक । योग्यता पुगेका ईच्छुक व्यक्तिका लागि फेरी एक पटक त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन् संस्थान (आईओएम) अन्तर्गतको बीपी कोइराला लायन्स नेत्र अध्ययन् केन्द्रको कार्यकारी निर्देशक बन्ने अवसर आएको छ ।

केन्द्रको कार्यकारी निर्देशक छनौट समितिले आज सूचना जारी गर्दै सो पदका लागि इच्छुक योग्य उम्मेद्धारले आगामी २३ कात्तिक अपरान्ह ३ बजे भित्र आवश्यक कागजातहरु डीन कार्यालयमा रहेको समितिको सचिवालयमा पेश गर्न भनेको छ ।

यस्तै त्रिवि आईओएममा रिक्त रहेको सहायक डीन पदका लागि पनि आवेदन माग भएको छ ।

सहायक डीन छनौट समितिले आज सूचना जारी गर्दै योग्यता पुगेका ईच्छुक व्यक्तिले आगामी २४ कात्तिक अपरान्ह ३ बजेसम्म नियुक्तीका आधार र मापदण्ड सम्व्न्धी विनियममा उल्लेखित कागजातहरु सम्लग्न गरी पेश गर्न भनेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *