त्रिवि शिक्षण अस्पतालले आफ्ना चिकित्सकलाई भन्यो, ‘औषधीको प्रेस्काइब जेनरिक नेममा गर्नु’

296
Shares

काठमाडौँ, २३ असोज । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ हस्पिटल) ले बिरामीका लागि औषधी सिफारिस गर्दा जेनरिक नाममा लेख्न चिकिस्सकलाई निर्देशन दिएको छ।

मंगलबार अस्पतालका कार्यकारी निर्देशक प्राडा सुवास प्रसाद आचार्यले सबै चिकित्सकहरूका नाममा सूचना प्रकाशित गरी यस्तो निर्देशन दिएका हुन्।

उनले सूचनामा नेपाल सरकार तथा डीन कार्यालयबाट औषधी प्रेस्काइब गर्दा जेनरिक नेममा क्यापिटल लेटरमा लेख्न निर्देशन आएको समेत उल्लेख गरेका छन् ।

 

सूचनामा भनिएको छ, ‘यस अस्पतालमा कार्यरत सम्पूर्ण चिकित्सक शिक्षकहरूलाई नेपाल सरकार तथा डीन कार्यालयवाट निर्देशित नियम अनुसार बिरामीलाई औषधि ‘प्रेस्क्राइब जेनेरिक’मा ‘क्यापिटल लेटर’मा गर्न जानकारी गराईन्छ ।’

नेपालमा चिकित्सकहरुलाई जेनरिक नेममा औषधीको प्रेस्काइब गर्नु पर्ने भन्ने निर्देशन यस अघि पनि आएको थियो । तर चिकित्सकहरुले त्यसको पूर्ण रुपमा कार्यान्वयन गरेका थिएनन् ।

औषधीको गुणस्तरमा आफूहरु एकीन हुन नसक्दा जेनरिक छाडेर ब्राण्ड नेममा प्रेस्काइब गर्नु परेको कतिपय चिकित्सकहरुले बताउने गर्दथे ।

त्रिवि शिक्षण अस्पताल प्रशासनको पछिल्लो निर्देशनको कत्तिको कार्यान्वयन हुन्छ त्यो भने समयले बताउने छ ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *