नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा पेशागत तर्फबाट डा. केदार नरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित
काठमाडौं, २९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पेशागततर्फ केन्द्रीय सदस्यमा डा. केदार नरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित भएका छन्।
पाँच पदका लागि भएको निर्वाचनमा डा. केसीले ३ हजार २५३ मत प्राप्त गरेका छन्।
डा. केसी नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष समेत हुन् ।
पेशागततर्फ केन्द्रीय सदस्यमा प्राडा जगदीश चन्द्र पोखरेल २ हजार ५७७ मतसहित दोस्रो, अधिवक्ता सीताराम केसी १ हजार ५३६ मतसहित तेस्रो, डा. प्रदीप मिश्र १ हजार ४७८ मतसहित चौथो र केशव निरौला १ हजार २३२ मतसहित पाँचौँ स्थानमा रहेर निर्वाचित भएका छन्।
तेस्रो हुने डा. मिश्र बालरोग विशेषज्ञ हुन् ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 




