चिकित्सकले अब ‘जेनरिक नेम’मा औषधि सिफारिस गर्नुपर्ने

नयाँदिल्ली ११ बैशाख । भारतीय मेडिकल काउन्सिल (एमसीआई)ले विरामीहरुलाई सिफारिस गर्ने औषधि जेनरिक नेममा लेख्न चिकित्सकहरुलाई निर्देशन दिएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले ब्राण्डेड नाममा औषधि सिफारिस गर्दा गरीव विरामीलाई मर्का परेको भन्दै नयाँ कानून आवश्यक रहेको बताए लगत्तै एमसीआईको यस्तो निर्देशन आएको हो ।

एमसीआईले औषधि सिफारिस गर्दा पर्चामा बुझ्न सक्ने गरि ठूला अंग्रेजी अक्षर प्रयोग गर्न, प्रयोग गर्ने तरिका समेत स्पष्ट रुपमा उल्लेख गर्न चिकित्सकलाई निर्देशन दिएको छ । यसको अवज्ञा गर्ने माथि कडा कारबाही गर्ने बताएको छ ।

एमसीआईले डाक्टरहरुलाई यससम्वन्धमा २०१६ मै सूचना जारी गरेको उल्लेख गर्दै सोही अनुसार पेशागत व्यवहार, शिष्टता तथा नैतिकता अपनाउन भनेको छ ।

केही दिन अघि सुरतमा भएको एक मल्टिस्पेशालिटी अस्पताल उदघाटन गर्ने क्रममा प्रधानमन्त्री मोदीले चिकित्सकहरुले महंगो तथा ब्राण्डेड नाम सिफारिस गर्दा गरीव विरामीहरुलाई समस्या परेको भन्दै चिन्ता व्यक्त गरेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *