१० जना बच्चाको मृत्यु पछि कफ सिरफ प्रेस्काइब गर्ने चिकित्सक पक्राउ

316
Shares

भारत । मध्ये प्रदेशको छिदवाडा जिल्लामा १० बालबालिकाको मृत्युपछि प्रशासनले कफ सिरफ प्रेस्काइब गर्ने चिकित्सक प्रवीण सोनीलाई गिरफ्तार गरेको छ ।

यसअघि शनिबार नै डा सोनी र कोल्ड्रिफ सिरफ बनाउने कम्पनी श्रेसुन फार्मास्युटिकल्सको सञ्चालक बिरुद्ध एफआरआई दर्ता गरिएको थियो ।

कफ सिरफ प्रयोग गरेको पहिलो बच्चाको मिर्गौला फेल भएर ४ सेप्टेम्बरमा मृत्यु भएको बताइएको छ । त्यस यताको एक महिनामा मृत्यु हुने बच्चाको संख्या १० पुगेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

एक कम्पनीले बनाएको कफ सिफर प्रयोग गरेका छिदवाडा जिल्लाका बच्चाहरुमा एकै खालको लक्षण देखिने र मृत्यु हुने क्रम बढेपछि प्रशासन एक्सनमा उत्रिएको हो ।

स्थानीय प्रशासनले ड्रग्स तथा कस्मेटिक ऐनको धारा २७ (ए), बीएनएसको धारा १०५ र २७६ अनुसार केश दर्ता गरिएको छ । औषधी प्रेस्काइब गर्ने चिकित्सक विरुद्ध परासिया सीएचसीसे बीएमओ अंकित सहलामले उजुरी गरेका थिए ।

छिदवाडामा मृत्यु भएका अधिकांश बालबालिकाहरुलाई कफसिरफ डा सोनीले प्रेस्काइब गरेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *