उपकुलपति निवास घेराउ गर्न पुगेका ३१ जना डा. केसी समर्थक पक्राउ
काठमाडौँ , ११ मंसिर – त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा तीर्थ खनियाको निवासमा घेराउ गर्न गएका डा गोविन्द केसी पक्षधर २५ जना समर्थक पक्राउ परेका छन् । उनीहरुलाई प्रहरीले कालिमाटीबृत्तमा राखेको आवासीय चिकित्सक संघका अध्यक्ष डा. लिजन महर्जनले बताए ।

१४ दिन देखि आमरण अनसन बसेका डा गोविन्द केसीले उपकुलपति डा खनियालाई शैक्षिक अपराधी भन्दै बर्खास्त गर्न माग गर्दै आएका छन् ।
आजै माइतीघर देखि बानेश्वरसम्म दवाव रयाली आयोजना गरेका विद्यार्थी तथा विवेकशील नेपाली पार्टीका कार्यकर्ता केही समय अघि खनिया निवास घेराउका लागि गएका थिए ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



