अमेरिकी राष्ट्रपति ट्रम्पले धेरै जनासंग हात मिलाउँदा रक्तनलीको दीर्घ समस्या !

एजेन्सी । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पमा रक्तनलीको दीर्घ समस्या देखा परेको तर त्यो हानिकारक नभएको स्पष्टीकरण ह्वाइट हाउसले दिएको छ।
उनको एउटा हातमा घाउ र डाम देखिने तस्बिरहरू सार्वजनिक भएपछि सञ्चारमाध्यममा ट्रम्पको स्वास्थ्यस्थितिबारे अनेकौँ अनुमान गरिएको थियो।
ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले बारम्बार हात मिलाएका कारण ूतन्तुहरूमा क्षति पुगेको हुनालेू तथा एस्पिरिन सेवन गरेका कारणले ट्रम्पमा त्यस्तो समस्या देखिएको बताएकी छन्।
ट्रम्प अहिले ७९ वर्षका भए। उनले आफ्नो स्वास्थ्य निकै राम्रो भएको दाबी गर्दै आएका छन्।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



