भारतमा ७ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, ३० जेठ । भारतमा कोरोना भाइरस संक्रमितहरूको संख्या ७ हजार नाघेको छ।

स्वास्थ्य विभागका अनुसार देशका ३० राज्य र केन्द्र शासित प्रदेशहरूमा सक्रिय संक्रमितको संख्या ७ हजार १५४ पुगेको छ। जसमध्ये सबैभन्दा धेरै केसहरु केरला राज्यमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको छ। यसमध्ये महाराष्ट्रमा २ जना तथा मध्य प्रदेश र पश्चिम बंगालमा १/१ जना बिरामीको मृत्यु भएको छ। महाराष्ट्रमा अहिलेसम्म सबैभन्दा धेरै २१ जनाको मृत्यु भएको रिपोर्ट गरिएको छ।

यो संगै भारतभर कोरोना संक्रमणबाट हालसम्म कुल ७७ जनाले ज्यान गुमाएका छन् ।

भारतमा चार नयाँ भेरियन्टहरू एलएफ.७, एक्सएफजी, जेएन.१ र एनबी.१.८.१ फेला परेका छन्। यी भेरियन्ट देखिएसंगै भरतमा कोरोना संक्रमण तीब्र गतिले फैलिएको छ ।

देशभर बढ्दो संक्रमणका घटनाहरूबीच राज्य सरकारहरूले सतर्कता अपनाउन थालेका छन्।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *