वीर अस्पतालमा सुरु भयो ‘कक्लिअर इम्प्लान्ट’ सेवा

68
Shares

 

काठमाडौँ, ४ बैशाख ।  वीर अस्पतालमा कानमा सुनाइ उपकरण राख्ने शल्यक्रिया ‘कक्लिअर इम्प्लान्ट’ सुरु भएको छ। अस्पतालका वरिष्ठ नाक, कान, घाँटी रोग विशेषज्ञ तथा कक्लिअर इम्प्लान्ट सर्जन डा. रविभूषण सुवालको टिमले उक्त अप्रेसन गरेको हो।

सुरुवातमा दुई जना वयष्क बिरामीमा गरिएको डा. सुवालले जानकारी दिए।

उनका अनुसार इम्प्लान्ट गरिएका बिरामीको कान सुन्ने क्षमतामा बिस्तारै ह्रास आएको थियो। जसको विकल्पमा सुनाइ मेसिन प्रयोग गरिए पनि लाभ नभएपछि कक्लिअर प्रत्यारोपण गरिएको हो।

एउटा कक्लिअर इम्प्लान्टको १३ लाख रुपैयाँसम्म पर्ने गर्दछ। नेपाल सरकारले ५० प्रतिशत अर्थात् ६ लाख रुपैयाँ इम्प्लान्टको र ५० हजार बराबरको स्पिच थेरापी सेवा दिने गरेको छ।

अर्को हप्ता थप दुईजनाको गर्ने तयारी भइरहेको डा सुवालले बताए।

प्रत्यारोपण गरिएको कक्लिअर मेसिन र बिरामीको शारीरिक प्रतिक्रिया सकारात्मक रहेको उपचारमा डा सुवालले बताए।

यसअघि कक्लिअर इम्प्लान्ट सेवा त्रिवि शिक्षण अस्पतालबाट हुँदै आएको थियो ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *