भक्तपुर क्यान्सर अस्पतालले एक वर्षमा गर्‍यो २ हजार ५०० बढी मेजर शल्यक्रिया, ९५ हजार बढीले लिए ओपिडी सेवा

160
Shares

काठमाडौं, २३ माघ । भक्तपुर क्यान्सर अस्पतालले एक वर्षमा ९५ हजार बिरामीलाई ओपिडी सेवा दिएको छ।

विश्व क्यान्सर दिवसका अवसरमा आयोजित एक कार्यक्रममा अस्पतालका निमित्त कार्यकारी निर्देशक डा उज्वल चालिसे गत आर्थिक वर्ष २०८०/८१ मा ९५ हजार बिरामीलाई ओपिडी सेवा दिएको जानकारी दिए ।

त्यसमध्ये करिब १० हजारलाई अन्तरंग सेवा तथा २५ सय भन्दा बढी मेजर शल्यक्रिया गरिएको उनले जानकारी दिए।

अस्पतालमा सेवा लिन आउने करिब ८० प्रतिशत बिरामीले विपन्न नागरिक सेवा लिने गरेका छन्। उक्त सेवाले सम्पूर्ण उपचारका लागि अपुग भएपनि बिरामीहरुलाई त्यसले ठूलै राहत दिएको डा चालिसेको दाबी छ।

अस्पतालले हाल २ रेडियोथेरापी मेसिन, ५ शल्यक्रिया कक्ष तथा अनलाइन सेवा मार्फत् बिरामीहरुलाई सेवा दिइरहेको छ।

क्यान्सर रोगीको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ। क्यान्सर लाग्न नदिनका लागि यसका कारक तत्वहरुबारे सचेत हुन आवश्यक रहेको डा. चालिसे बताउँछन्। यसका लागि समय समयमा क्यान्सर परीक्षण गर्नुपर्ने उनको भनाइ छ।

क्यान्सरलाई हुनु अगावै पत्ता लगाउन सकेमा उपचार कम खर्चिलो तथा पूर्ण रुपमा निको हुनसक्छ। नेपालमा सबैभन्दा बढी देखिएको क्यान्सर मध्येको पाठेघरको मुखको क्यान्सरलाई लक्षित गर्दै सरकारले मंगलबारदेखि थालेको एचपीभी खोप अभियान १० देखि १४ वर्षका किशोरीलाई अनिवार्य रुपमा सहभागी हुन उनको अनुरोध छ।

उक्त खोपले पाठेघरको मुखको क्यान्सर लगायत ह्युमन प्यापिलोमा भाइरसका कारण हुने जुनसुकै खोपलाई रोक्न सक्ने डा चालिसे बताउँछन्।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *