क्रिकेटर सन्दीप लामिछाने डिस्चार्ज

232
Shares

काठमाडौँ १४ माघ । बालाजुस्थित सिल्भरलाइन अस्पतालमा उपचाररत क्रिकेटर सन्दीप लामिछाने आज डिस्चार्ज भएका छन्। गत ९ माघमा शल्यक्रियका लागि अस्पताल भर्ना भएका लामिछानेको स्वास्थ्यमा सुधार देखिएपछि आज डिस्चार्ज गरिएको अस्पताल प्रबन्धक डा अभिषेकराज सिंहले बताए ।

उनका अनुसार लामिछानेको राइट डाइरेक्ट इङ्गुइनल हर्नियाको टोटल एक्स्ट्रा पेरिटोनियल (मास रिपेयर) गरिएको थियो।

उक्त शल्यक्रियापछि स्वास्थ्यमा सुधार आएपछि आज डिस्चार्ज गरिएको हो,’ उनले भने, ‘उपचारमा संलग्न चिकित्सकहरुको सुझावअनुसार आज अस्पतालबाट डिस्चार्ज गरिएको छ। हामी उहाँको शिघ्र स्वास्थ्यलाभको कामनासहित छिट्टै मैदानमा देख्न पाउने आपेक्षा राख्दछौं।’

लामिछानेको शल्यक्रिया डा. दीपक शर्मा नेतृत्वको टोलीले गरेको हो।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *