नेपाल प्रहरीका तीन जना चिकित्सक डीआईजीमा बढुवा सिफारिस

140
Shares

काठमाडौँ, ३ मंसिर । नेपाल प्रहरीका प्राविधिक प्रहरी समूह स्वास्थ्य उप समूह चिकित्सक तर्फ रिक्त रहेको तीन प्रहरी नायव महानिरीक्षक (डीआईजीपी) पदमा सोही समूह र उपसमूहका तीन जना प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) बढुवा सिफारिस भएका छन् ।

आइतबार बसेको बढुवा समितिको बैठकले डा. दामोदर पौडेल, डा. मनोजकुमार यादव र डा. संजिता दाहाल (घिमिरे)लाई एसएसपीबाट डीआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।

प्रहरीका अनुसार यी तीन जना नै नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा कार्यरत चिकित्सक हुन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *