बढ्दो वायु प्रदूषणका कारण पाकिस्तानको लाहोरमा हजारौँ मानिस बिरामी

16
Shares

 

काठमाडौँ, २३ कात्तिक । पाकिस्तानको पन्जाब प्रान्तको राजधानी लाहोरमा अत्यधिक वायु प्रदूषणका कारण हजारौँ मानिस अस्पताल जान बाध्य भएका छन् ।

चिकित्सकहरूको सल्लाहमा अधिकारीहरूले मास्क लगाउनेलगायत अन्य निर्देशनहरू पालना नगरे पूर्ण रूपमा लकडाउन लाग्न सक्ने चेतावनी दिएका छन् ।

मानिसहरू मास्क नलगाई सडकमा हिँडिरहेको देखेपछि यस्तो चेतावनी दिइएको हो । धेरैजसो मानिसमा खोकी लाग्ने र आँखा पोल्ने समस्या देखिएको चिकित्सकहरूले बताएका छन् ।

गत हप्तामा, श्वासप्रश्वास समस्याबाट पीडित हजारौँ मानिसहरूले अस्पताल र क्लिनिकहरूमा उपचार गराएका थिए ।

स्थानीय सरकारले घरका झ्याल ढोका लगाएर सुरक्षित बस्न आग्रह गरेको छ।

त्यस्तै लाहोरको वायु प्रदुषण झन बढ्दै गएपछि कर्मचारीलाई घरबाटै काम गर्न निर्देश गरिएको छ।

लाहोर विश्वकै सबैभन्दा प्रदुषित शहर बनेको यो दोस्रो पटक हो। भने भारतको राजधानी नयाँ दिल्ली विश्वकै दोस्रो प्रदुषित शहर बनेको छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *