श्रीलङ्कामा क्यान्सरबाट बार्षिक १९ हजार बढीको मृत्यु

44
Shares

काठमाडौँ, २८ असोज । श्रीलङ्कामा एक वर्षको अवधिमा १९ हजार नागरिकले क्यान्सरका कारण ज्यान गुमाएका छन् ।

श्रीलङ्का स्वास्थ्य मन्त्रालयले जारी गरेको प्रतिवेदनमा गत वर्ष श्रीलङ्कामा ३३ हजारभन्दा बढी नयाँ क्यान्सर रोगीहरू पत्ता लागेका उल्लेख गरिएको छ।

स्वास्थ्य मन्त्रालयका सचिव पालिथा महिपालाले गत वर्ष पनि क्यान्सरका कारण श्रीलङ्कामा १९ हजार जनाको मृत्यु भएको बताए।

यहाँ पुरुषहरूमा मुखको क्यान्सर र महिलाहरूमा स्तन क्यान्सर बढी देखिएको छ।

महिपालका अनुसार श्रीलङ्कामा क्यान्सरका कारण हुने मृत्युको प्रमुख कारण स्तन, मुख, फोक्सो र कोलोरेक्टल क्यान्सर हो। रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *