प्रहरीकी डाक्टर सिंह बैशाख देखि सम्पर्क विहीन, गृहले थाल्यो खोजी

648
Shares

काठमाडौँ, २० असोज । प्रहरी अस्पतालमा कार्यरत एक जना डाक्टर विना जानकारी लामो समय अनुपस्थित भएपछि गृह मन्त्रालयले खोजी सुरु गरेको छ । उसले आज सूचना जारी गर्दै सात दिन भित्र सम्पर्कविहीन हुनुको कारण सहित हाजिर हुन आउन भनेको छ ।

प्रहरी अस्पतालमा कार्यरत प्राविधिक प्रहरी (इन्स्पेक्टर) डा शिवानी सिंह वैशाख २ गतेदेखि सम्पर्कविहीन भएकी थिईन ।
आज गोरखापत्रमा प्रकाशित सूचनामा मन्त्रालयले डा सिंहलाई सात दिनभित्र गैरहाजिर हुनुको कारणसहित सन्तोषजनक स्पष्टीकरणसहित हाजिर हुन भनेको छ।

डा सिंहले २०८१ वैशाख २ गतेदेखि लागू हुने गरी ४ दिनको भैपरी आउने बिदा स्वीकृत गराएकी थिइन्ई । फेरि थप घर बिदा १४ दिन, पुनः थप घर बिदा ३० दिन र फेरि घर बिदा ३० दिन गरी कुल ७८ दिनसम्म लगातार बिदा बसी उक्त बिदा भुक्तान गरेकी थिइन्।

त्यसपछि २०८१ साउन ६ गते नेपाल प्रहरी अस्पतालमा हाजिर हुनुपर्नेमा उनी सम्पर्कविहिन बनेकी हुन्।

उनी प्रहरी अस्पतालमा छाला रोग विभागमा कार्यरत थिईन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *