पूजाको प्रसाद खाँदा ७३ जना विरामी

24
Shares

 

झापा, २७ भदौ । झापाको अर्जुनधारा नगरपालिकामा पूजाको प्रसाद खाँदा बिरामी हुनेको संख्या बढेर ७३ जना विरामी परेका छन् ।

नगरस्थित शनिश्चरे आधारभूत अस्पतालका प्रशासन प्रमुख राजबिक्रम खड्काले यसबारे जानकारी दिए।

बुधबार अर्जुनधारा-९ की रिता निरौलाको घरमा पूजा आयोजना भएको थियो । सो पूजामा प्रसाद खाने उनीहरू बिरामी परेका हुन्।

स्थानीय खरबन्दी गाउँमा प्रसाद खाएका सबैजना बिरामी भएको अर्जुनधारा नगरपालिकाका मेयर बलदेबसिंह गोम्देन तामाङ जानकारी दिए।

बिरामी भएकामध्ये ६६ जनाको शनिश्चरे आधारभूत अस्पताल, बीएण्डसी अस्पतालमा चार जना र मनमोहन अस्पतालमा तीन जनाको उपचार भइरहेको खड्काले बताए।

उनले बुधबार उपचार गराएर गएका पनि फेरि स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएको बताए।

पूजामा सब्जी, रोटी र अचार खाएका अधिकांश बिरामी परेको बताइएको छ। सुरूमा वाक(वाक लाग्ने, वान्ता हुने तथा लगातार डायरीया हुने समस्याले सताएपछि प्रसाद खाएका बिरामीहरू अस्पतालमा भर्ना भएका हुन्।

केही बिरामीहरूमा ज्वरो १०४ डिग्रीसम्म देखिएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन्।

शनिश्चरे आधारभूत अस्पतालमा बेड अभावमा बार्दली, प्यासेज लगायतका स्थानमा राखेर बिरामीको उपचार भइरहेको जनाइएको छ।

अस्पतालले सम्पूर्ण स्रोत साधन प्रयोग गरेर बिरामीको उपचार गरिरहेको नगरप्रमुख गोम्देनले जानकारी दिए। उनीहरूमा फुड पोइजन भएको डाक्टरहरूले अनुमान गरेका छन्।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *